अनलाइन कक्षाका लागि पोर्चुगल सरकारले १ लाख १५ हजार बिद्यार्थीलाई निशुल्क ल्यापटप बाढ्यो, १० लाख बिद्यार्थीलाई ल्यापटप दिने लक्ष्य !

लिस्बन।

पोर्चुगलमा कोरोना महामारीका कारण लकडाउनले बिद्यालय बन्द हुँदा अनलाइन कक्षा चलिरहेको छ। अनलाइन कक्षाहरु सुलभ गर्न सरकारले बिद्यार्थीहरुलाई चाहिने ल्यापटप र इन्टरनेट सेवा समेत वितरण सुरु गरेको छ।

यो साता मात्रै देशभरका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई १५ हजार थान ल्यापटप वितरण गरिने सरकारले जनाएको छ। यसघि नै सरकारले एक लाख थान कम्प्युटर वितरण गरिसकेको छ।

सरकारले थप ३ लाख ३५ हजार थान ल्यापटपको अर्डर गरिसकेको र सप्लायरबाट ढुवानी गर्न ढिलो भएको जनाएको छ। अर्को सातासम्म थप ल्यापटप आइपुग्ने पब्लिक स्कुलका निर्देशक फिलिन्तो लिमाले बताएका छन्।

मन्त्रिपरिषदले इन्टरनेटको पहुच नहुने बिद्यार्थीहरुलाई इन्टरनेट सेवा समेत दिने निर्णय गरेको छ।

पोर्चुगलमा लकडाउनका कारण बिद्यालय बन्द हुदा दश लाख भन्दा बढी बिद्यार्थीहरु घरमै बसेर पढ्न बाध्य भएका छन्। सरकारले सबैलाई कम्प्युटर प्रदान गर्ने लक्ष्य राखेको छ।

अघिल्लो बर्ष नै कोरोनाको प्रभावका कारण लकडाउनले बिद्यालयहरु बन्द हुँदा बिद्यार्थीहरु ६ महिनाभन्दा बढी घरबाटै अनलाइन पढ्न बाध्य भएका थिए। कोरोनाको तेश्रो लहरले २०२१ को जनवरीबाट नै बिद्यालय बन्द हुदा उनीहरु फेरी प्राभावित भएका छन्। बिद्यालय कहिले खुल्ने भन्नेमा सरकार नै अन्यौलमा छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार