पोर्चुगल : सेतुबलमा अनधिकृत रात्रिक्लब भित्र एकको गोली हानि हत्या !

लिस्बन।

सेतुबलमा अनधिकृत रात्रिक्लब भित्र एकको गोली हानि हत्या गरिएको छ।

प्रहरीका अनुसार आइतबार बिहानै लुकिछिपी चलाईएको एक नाइट क्लबमा भनाभन हुदा गोली हानि हत्या गरिएको हो।

गोली प्रहार गर्ने व्यक्ति फरार छन्।

पोर्चुगलमा संकटकाल र लकडाउनका कारण रेस्टुरेन्ट, बिद्यालय, र क्लब सबै बन्द गरिएका छन्। उक्त नाइट क्लबका संचालकलाई पनि प्रहरीले कारवाही प्रक्रिया बढाएको छ।

मृतक ३० बर्षीय युवक भएको प्रहरीले जनाएको छ तर उनका बारेमा प्रहरीले बिस्तृत जानकारी नदिएको लुसाले जनाएको छ। प्रहरीलाई घटनाबारे खबर भएपछि बिहान ८ बजे घटनास्थलमा पुगेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार