लिस्बन।
लिस्बनमा आफ्नै साथीको बर्थ डे पार्टीमा रक्सी पिलाएर बलात्कार प्रयास गर्दा एक युवक पक्राउ परेका छन्।
हिजो मंगलबार राति भएको बर्थडे पार्टीमा एक २१ बर्षे युवकले आफ्नै साथी ‘बर्थ डे गर्ल’ लाई बलात्कार प्रयास गरेका थिए।
बर्थ डे पार्टीमा सबैले रमाइलो गरे, खानपिन गरे, बर्थ डे मनाए र राति भएपछि सबै आ-आफ्नो घरतिर लागे।
बलात्कार आरोपी युवक फर्केर बर्थडे गर्ल’को घरमा आए र उनको कोठामा पसेर बलात्कार गर्ने प्रयास गरे।
युवतीले प्रहरीमा उजुरी गरेपछि आज आज आरोपित युवालाई पक्राउ गरिएको छ। उजुरीपछि युवतीको अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ।
बलात्कार आरोपमा पक्राउ परेका युवालाई आज अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ। आजको सिएमले खबर छापेको छ।