काठमाडौँ।
गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् ।
पन्तले वुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा विवाहपछि अन्जुले विवाहको भिडियो राख्दै ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् ।
अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
विवाहमा सिमित आफन्त तथा साथीहरु मात्रै बोलाइएको जनाइएको छ ।
मनोज राजसँगको सम्बन्ध विच्छेदको करिब एक दशकपछि पन्तले विवाह गरेकी हुन् ।