लिस्बन।
पोर्चुगलले आफ्ना अफ्रिकी उपनिबेशका रास्ट्रहरुलाई १० लाख डोज कोरोना बिरुद्धको भ्याक्सिन दिने भएको छ।
अङ्गोला, केप भेर्द, गुइनेअ बिस्सौ , मोजाम्बिक, साओ टोम र टिमोर लेस्ट लाई २०२१ को अन्त्यसम्म भ्याक्सिन उपलब्ध गराउने परराष्ट्रमन्त्री औगुस्तो सान्तोस सिल्वाले बताएका छन्।
पोर्चुगलले कोरोना बिरुद्धको खोप २० मिलियन डोज गरीद गरेको छ।
प्रधानमन्त्री एन्तोनियो कोस्ताले भने कि, ” पोर्तुगाली उपनिवेश भएका र पोर्चुगिज भाषा बोल्ने देशहरुमा हाम्रो भाइचाराको सम्बन्धलाई आज दरिलो बनाउन हामीले आफुले प्राप्त गर्ने खोपको ५ प्रतिशत सहयोग गर्ने निर्णय गरेका हौ। ”