लिस्वन ।
पोर्चुगलमा राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाद्वारा जारी स्वास्थ्य संकटकाल थपिएको छ। झण्डै डेढ महिनाको बन्दाबन्दीले कोरोना महामारी न्युनिकरणमा ठूलो नतिजा प्राप्त भएपछि जारी संकटकाल मार्च १६ सम्मका लागि लम्ब्याईएको हो ।
राष्ट्रपति मार्सेलो रेवेलो दि सौसाले संकटकाल थप गर्ने प्रस्ताव संसदम पेश गरेका थिए। संसदले राष्ट्रपतिको प्रस्तावलाई अनुमोदन गरेपछि संकटकाल नविकरण गरिएको हो।
त्यसो त सरकारले दुई महिना संकटकाल लगाउने तयारी यसअघि नै गरेको थियो । कुनैबेला दैनिक तीन सयको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भएको थियो भने जारी संकटकालले त्यस्तो संख्या अहिले ५० को हाराहारीमा ओर्लिएको छ । यस्तै, नयाँ संक्रमितको संख्यामा पनि निरन्तर गिरावट आएको छ ।
पोर्चुगलमा संकटकाल बार्हौ पटक थप गरिएको हो। संकटकाल कानुनमा कुनै परिवर्तन गरिएको छैन।