लिस्बन।
कोरोना भाइरसका कारण पोर्चुगलमा लागु गरिएको संकटकाल र लकडाउनका कारण आंशिक वा पूर्ण रोजगारी गुमाउनेको संख्या बढ्दो छ।
पछिल्लो दुई महिनामा मात्रै सामाजिक सुरक्षाको लागि सरकारलाई निबेदन दिनेको संख्या २ लाख ६१ हजार नाघेको छ।
एक लाख ४३ हजार जनाले काममा आएको कमिको कारण सामाजिक सुरक्षा भत्ताका लागि आबेदन दिएका थिए।
त्यस्तै ६८ हजार आबेदनहरु पारिवारिक सहयोग र समर्थनका लागि थिए भने अर्को ५० हजार आबेदनहरु मजदुरहरुको आम्दानीका लागि असाधारण सहयोगका लागि थिए।
त्यस्तै सामाजिक सुरक्षा सहयोगका लागि आबेदन कम्पनीहरु ८३ हजार बढी रहेका छन्।
सामाजिक सुरक्षामा प्राप्त २ लाख ६१ हजार आबेदनहरु अन्तर्गत ४ लाक ३१ हजार मजदुरहरुलाई सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गएको छ।