चश्मा लगाउनुहुन्छ ? तपाईलाई कोरोना संक्रमण हुने खतरा यसकारण तीन गुणा कम हुन्छ !

काठमाडौं ।

यदि तपाईंसँग पनि कुनै प्रकारको दृष्टि दोष छ र तपाईं चश्मा लगाउनुहुन्छ भने तपाईंको लागि खुशीको खबर छ।

भारतमा गरिएको एउटा अध्ययनअनुसार चश्मा लगाउने मानिस कोरोनाभाइरस बाट संक्रमित हुने सम्भावना तीन गुणा कम हुन्छ।

किनकि प्राय जसो व्यक्तिले भाइरस संक्रमित हातले आँखा, नाक र मुखलाई छुन्छ, तब यो भाइरस शरीरमा प्रवेश गर्दछ।

यस्तो अवस्थामा, जब मुख र नाकमा मास्क छ र आँखामा चश्मा हुन्छ, तब चश्मा लगाएका मानिसहरूले तिनीहरूको आँखा कम स्पर्श गर्छन् र त्यसैले कोभिड १९ संक्रमित हुने खतरा कम हुन्छ।

मेडरिक्स्भ विश्वको प्रसिद्ध स्वास्थ्य विज्ञान वेबसाईट हो जसमा यो अध्ययन प्रकाशित भएको छ ।

यो अध्ययन उत्तर भारतको कानपुरको एउटा अस्पतालमा गरिएको थियो जसमा ३ सय ४ जनालाई अनुसन्धानकर्ताहरूले समावेश गरेका थिए ।

यसमध्ये २२३ पुरुष र ८१ महिला सहभागी थिए । यी सबै व्यक्तिहरूको उमेर १० बर्षदेखि ८० वर्ष बीच थियो र यी सबै व्यक्तिहरूमा कोभिड लक्षणहरू थिए।

अध्ययनमा संलग्न १९ प्रतिशत मानिसहरु यस्ता थिए जसले प्राय जसो चश्मा लगाउँथे।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार औसतमा एक जनाले अनुहारमा प्रति घण्टा २३ पटक र आँखामा प्रति घण्टा औसत तीन पटक हातले छुने गर्दछन् ।

यस अध्ययनले यो पत्ता लगायो कि नियमित रूपमा चश्मा लगाउनेहरूलाई कोभिड १९ को संक्रमण २ देखि ३ गुना कम हुन्छ ।

अध्ययनले देखाएको अनुसार दुषित हातले आँखा छुँदा संक्रमण हुने खतरा हुन्छ भने चश्मा लगाउँदा आँखा छुने र आँखा मिच्ने सम्भावना कम हुन्छ ।

२०२० मा भएको एक अध्ययन अनुसार जो व्यक्तिहरु कन्ट्याक्ट लेन्सको प्रयोग गर्छन् उनीहरुलाई चश्मा लगाउन चिकित्सकले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार