ज़म्बुजेइरा दो मारको समुन्द्री चट्टानमा बेवारिसे शव फेला !

लिस्बन।

ज़म्बुजेइरा दो मारको समुन्द्री चट्टानमा हिजो बेलुका एक बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ।

पोर्तिमाओको न्यायिक अनुसार ओदेमिरा नगरपालिकाको ज़म्बुजेइरा दो मारको समुन्द्री चट्टानमा हिजो बेलुका करिब ६ बजेर ४५ मिनेट जाँदा उक्त शव भेटिएको हो।

प्रहरीका अनुसार मृत भेटिएका शव अन्दाजी ६०-७० बर्ष उमेर समुहका हुनुपर्छ। प्रहरीले खबर प्राप्त भएपछि मेडिकल टोली सहित प्रहरी घटनास्थलमा पुग्दा स्वास्थ्य अधिकारीहरुले ति व्यक्तिलाई मृत घोषणा गरेका थिए।

समुन्द्री चट्टानमा मृत भेटिएका व्यक्तिको साथमा कुनै पनि परिचयपत्र नभएको र मानिस हराएको सूचना प्रहरीमा अहिलेसम्म नआएकोले ति को हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। त्यो स्वाभाविक मृत्यु थियो वा हत्या हो भन्ने बारेमा पनि प्रहरीको अनुसन्धान जारि छ।

अहिले उक्त शवलाई बेजा अस्पतालको फोरेन्सिक ल्याबमा राखिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार