लिस्बन।
बाग्लुङ्ग समाज पोर्चुगलका संस्थापक अध्यक्ष कुविर मल्लको आज निधन भएको छ।
मल्लको आज विहान सान्तिआग्वा दे कसाई अस्पताल अलेन्तेजुमा उपचारको क्रममा मृत्यु भएको गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले पुष्टी गर्नुभएको हो।
अलेन्तेजो क्षेत्रमा रही व्यवसाय गर्दै आएका मल्ल फोक्सो सम्बन्धी रोगबाट ग्रसित थिए ।
स्वर्गीय मल्ल अलेन्तेजो क्षेत्रमा दर्शन नेपाल नामक ग्रोसरी पसल संचालन गर्दैै आएका थिए ।
पोर्चुगलमा परिवारका साथ बस्दै आएका उनको दुई छोरी, एक छोरा र श्रीमती छन् ।
गैर आवसीय नेपाली संघ लगायत पोर्चुगलमा भएका अन्य संघ संस्था र आम नेपालीले मल्लको निधनप्रति शोक व्यक्त गरेका छन् ।
स्वर्गीय मल्ल खेलप्रेमी, सहयोगी र निकै मिलनसार थिए।
मल्लको मृत्युको खबरले पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ।
#InUpdate