पोर्चुगल – स्पेन सिमा मार्च १६ सम्मका लागि बन्द !

लिस्बन।

पोर्चुगल – स्पेन सिमा मार्च १६ सम्मका लागि बन्द रहने आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ।

कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि स्पेनसंगको सिमा बन्द गर्नुपरेको हो।

पोर्चुगल -स्पेनको सिमा बन्द भएतापनि केहि अपवादका अत्यावश्यक काम र ढुवानीका लागि भने सिमा खुला नै रहनेछ। अन्तराष्ट्रिय मालसामान ढुवानी, सीमापार कामदारहरु , सिजनल कामदारहरु, इमर्जेन्सी र उद्धार सेवाका लागि सिमा खुला नै रहने पोर्चुगल सरकारले जनाएको छ।

त्यस्तै पोर्चुगलको आवास अनुमति भएकाहरु आउन र स्पेनको आवास अनुमति भएकाहरु जान पाउनेछन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार