लिस्बन।
पोर्चुगलमा पछिल्लो २४ घण्टामा ६ महिना यताकै कम संक्रमित फेला परेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
स्वास्थ्य महानिर्देशनालयका अनुसार आज सोमबार कोरोनाका थप ३९४ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो।
त्यस्तै सोही समयमा ३४ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ। मृतकको यो संख्या गत अक्टोबर यताकै न्यून रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १६ हजार ३५१ पुगेको छ।
कुल संक्रमितहरुको संख्या ८ लाख ४ हजार ९५६ रहेको छ।
त्यस्तै हालसम्म ७ लाख २० हजार २३५ जना संक्रमितहरु उपचार पश्चात कोरोनामुक्त भएका छन्।
पोर्चुगलमा हाल २ हजार १६७ जना संक्रमितहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। जसमध्ये गम्भीर अवस्थामा रहेका ४६९ जनाको आइसीयुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयको तथ्यांक छ ।
पछिल्लो २९ दिनदेखि लगातार संक्रमित हुनेको भन्दा निको हुनेको संख्या अधिक रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।