बुद्धका यी बहुमूल्य वचनहरुका साथ दिनको सुरूवात गर्नुस्, मिल्छ खुशी नै खुशी !

गौतम बुद्धले बौद्ध धर्मको पर्वतन गरेका हुन् । उनको अहिंसा र करुणाको सिद्धान्त यति प्रभावित गर्ने थियो कि यसबाट प्रभावित भएर सम्राट अशोकले बौद्ध धर्मलाई स्वीकारे र युद्धलाईसमेत त्यागे । उनका शिक्षाहरू प्रायः सामाजिक र सांसारिक समस्याहरूमा केन्द्रित छन् ।

यद्यपि उनले सयौं वर्ष पहिले यी कुरा भनेका हुन् तर अहिले पनि उनको विचारहरु सान्दर्भिक छन् र एक व्यक्तिको जीवन सफल र खुशी बनाउनमा मद्दत गर्न सक्छ। बुद्धका बहुमूल्य ज्ञानहरु व्यक्तिलाई जागरुक गर्ने मात्रै होइन साथसाथै ज्ञानको प्रकाश फैलाउनसमेत मद्दत गर्दछ ।

१. जब कोइ व्यक्ति जे सोच्छ, उसको सोच्ने तरिका जस्तो हुन्छ उ त्यस्तै बन्छ । जो व्यक्ति खराब सोचर बोल्छ र त्यस्तै व्यवहार गर्छ भने उसले कष्ट भोग्नैपर्छ । जो व्यक्ति शुद्ध आचरणले बोल्छ वा काम गर्छ भने उसलाई खुशी प्राप्त हुन्छ । र यो खुशी उसको छायाँ जस्तै उसको जीवनमा सधै रहिरहन्छ ।

२. बुद्ध भन्छन्, बितेको कुरामा ध्यान नदेउ । भविष्यका बारेमा नसोच । वर्तमानमा
मात्रै ध्यान देउ । यसमार्फत बुद्ध भन्न चाहन्छन् कि हामी वर्तमानमा बाँच्नुपर्छ, यसैलाई राम्रो बनाउने प्रयास गर्नुपर्छ । यो नै खुशी हुने उत्तम उपाय हो ।

३. अरुसँग झगडा गर्नुभन्दा पहिले सुरुमा तिमी आफैलाई जित । यसले तिमीलाई कुनै समस्या हुँदैन । र सधै तिम्रो जित हुन्छ । यदि तिमीले आफैसँग जित हाँसिल गर्यौ भने अरुसँग तिमीले कहिल्यै हार्नु पर्दैन ।

४. बुद्ध भन्छन् तीन कुरा कहिल्यै लुक्दैन् । सुर्य, चन्द्रमा र सत्य । यदि तिमीले केही गल्ती गर्यौ र त्यसलाई लुकाउन झुट बोल्यौ भने याद गर्नु सत्य धेरै दिन लुक्न सक्दैन ।

५. तिमीसँग जे छ त्यसलाई अर्को व्यक्तिका अगाडि बढाइ चढाइ नगर्नुस । अरुको डाह पनि नगर । जो अरूको डाहा गर्छ उसले कहिल्यै शान्ति पाउँदैन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार