नेपाली महिला समाज पोर्चुगलले मनायो १११ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस !

लिस्बन।

१११ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा नेपाली महिला समाज पोर्चुगलले नेपाली महिलाहरुको लागि कानुनी परामर्श बिषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बरिष्ठ कानुनविद् राजेन्द्र शर्मा र महिला अधिबक्ता शारदा पौडेल नेपालले बर्तमान अबस्थामा नेपाली महिलाले भोग्नु परेको समस्या र कानुनी प्रावधान को अबस्थाको बारेमा चित्रण गर्दै सामाजिक तथा राजनीतिक प्रभावको कारण पनि महिलाका मुद्दाहरू उठाउन अप्ठ्यारो परेको औल्याउनुभयो ।

आजको समयमा पनि महिलाहरूमाथि घरेलु हिंसा ,दुर्ब्यबहार, बलात्कारका घटनाहरू तीब्र रूपले बढ्दै जानुको मुख्य कारण समाजमा महिला र पुरुष बिचको बिभेद नै रहेको बताउँदै कानुनलाई प्रभाबकारी रूपमा उपभोग गर्न हरेक नागरीक सचेत हुनु पर्नेमा उहाहरुले जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले समाजमा देखिएका समस्या र आफुले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोग्नु परेका समस्या सहित कानुननी उपचारको बारेमा जिज्ञासा राखेका थिएँ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गैर आवासीय नेपाली संघ युके का अध्यक्ष पुनम गुरुङले जबसम्म महिला शैक्षिक, सामाजिक,राजनीतिक, आर्थिक रुपमा शसक्त हुदैनन्, तबसम्म हिंसात्मक गतिविधि नरोकिने बताउदै हरेक महिला आफैमा सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

बिशिष्ट अतिथि एनआरएनए पोर्चुगल का अध्यक्ष तिलक गैरेले शुभकामना दिदै समय अनुसार सोचलाई परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो ।बिशिष्ट अतिथि एनआरएनए युकेका केन्द्रीय आईसीसी सदस्य रामशरण सिंमखडाले परम्परागत कुराहरूबाट माथी उठ्न जरुरी रहेको अभिब्यक्ती दिनुभयो ।

प्रवासी नेपाली एकता मंच पोर्चुगलका युवानेता राजकुमार थापा, प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बु, नेपाली समाज पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पा, नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष टंक खड्का, जनजाती महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, किराँत याक्थुङ समाजकी अध्यक्ष दिपा लिम्बू, शेर्पा समाजकी अध्यक्ष निलम्बु (स्माइल) शेर्पा लगायत का बक्ताहरूले शुभकामना दिदै कार्यक्रम उपलब्धीपूर्ण रहेको बताउनुभयो।

जुम प्रबिधिको प्रयोग गरी भर्चुअल रूपमा गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रबाट ८० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

संस्थाकी अध्यक्ष निर्मला ढकालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष माया खरेलले स्वागत मन्तव्य र सदस्य शोभा गिरीले धन्यवाद ब्यक्त गर्नुभयो ।संस्थाकी महासचिव सरिता शर्मा र शान्ति अर्याल अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार