लिस्बन।
कोरोना रोकथामको उपायहरुमा अवलम्बन गरिएको संकटकाल र लकडाउन थप्न पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले राजनैतिक पार्टीहरुसंग छलफल गरेका छन्।
राष्ट्रपति मर्सेलोले आज संसदमा रहेका नौ पार्टीका प्रतिनिधिहरुसंग भिडियो कन्फ्रेन्स मार्फत पोर्चुगलमा संकटकाल थप गर्नेबारे छलफल गरेका हुन्।
राष्ट्रपति मर्सेलोले बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म संसदमा रहेका राजनैतिक पार्टीहरु CDS-PP, CHEGA, PEV, PAN, Liberal Initiative, PCP, BE, PSD र PS का प्रतिनिधिहरुसंग छलफल गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
मर्सेलोले राष्ट्रपति पदको दोश्रो कार्यकालको पदभार हिजो मात्रै सम्हालेका थिए।
मार्सेलो रेबेलो डे सुसाले तर्क गरे कि “ईस्टर भ्रमित वा विरोधाभासपूर्ण सन्देशहरूका लागि जोखिमपूर्ण समय हो. यसैले इस्टरलाई प्रगतिमा रहेको रणनीतिको लागि आवश्यक कोशिकाको रूपमा कायम राख्नु विवेकी र सुरक्षाको कुरा हो। ”
राष्ट्रपति मर्सेलोको यो तर्कले के पुष्टि गर्छ भने उनि ईस्टरसम्मका लागि पोर्चुगलमा संकटकाल लगाउन चाहन्छन। पोर्चुगलमा कोरोना रोकथामको उपायहरुमा लागु गरिएको १२ चरणको संकटकाल १६ मार्च मध्यराती सकिदैछ।