लिस्बन।
पोर्चुगलको अल्बुफ़ेइरा नजिक EN125 राजमार्गमा आज भयानक दुर्घटना हुदा एकको मृत्यु भएको छ।
दुर्घटनामा एक कार र ट्रक एक आपसमा ठोक्किदा कारको इन्जिन नै चुडिएर कयौ मिटर पर पुगेको थियो।
दुर्घटनामा अन्दाजी ४०-५० बर्ष समुहका कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
राजमार्गमा दुर्घटनाका कारण अल्बुफ़ेइरा जाने सडक अवरुद्ध भएको थियो।
घटनास्थलमा उद्धारको लागि पुगेको फायर फाइटर र चिकित्सकको टोलीले कार चालकलाई घटनास्थलमै मृत घोषणा गरेका थिए।
Photo: Nuno Alfarrobinha