गणेश पाण्डेय, पोर्चुगल ।
पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले देशमा स्वास्थ्य संकटकाल थप गर्न संसदमा संकटकालको तेह्रौ मस्यौदा पेश गर्नुभएको छ।
संकटकालको तेह्रौ मस्यौदा कानुनमा थप १५ दिनको लागि संकटकाल थपिने र मार्चको अन्तिमसम्म संकटकाल लागु हुने उल्लेख छ।
राष्ट्रपतिले हिजो नै बिहान संसदमा रहेका नौ राजनीतिक पार्टीका प्रतिनिधिहरुसँग संकटकाल थप गर्ने बारे छलफल गर्नुभएको थियो। संसदमा समाबेश भएका राजनैतिक पार्टीका नेताहरुसंग छलफल पश्चात् राष्ट्रपति मर्सेलोले हिजो नै संसदमा संकटकाल कानुनको तेह्रौ मस्यौदा पेश गर्नुभएको हो।
संसदले राष्ट्रपतिद्वारा पेश गरिएको संकटकाल कानुनको मस्यौदा अनुमोदन गरेभने संकटकाल ३१ मार्चसम्म थपिनेछ। पोर्चुगलको इतिहासमा राष्ट्रपतिद्वारा संसदमा पेश गरेको मस्यौदा अनुमोदन नभएको इतिहास छैन, त्यसैले संकटकाल ३१ मार्चसम्मका लागि थपिने प्रायः निश्चित नै छ।
संकटकालको तेह्रौ मस्यौदामा जनजीवन सहज बनाउन लकडाउनलाई अलि खुकुलो बनाउने उल्लेख छ। पहिलो चरणमा ‘ चरणबद्ध रुपमा बिद्यालयहरु खोल्ने ‘ र यसका लागि कोरोना परिक्षण, पर्यवेक्षण र भ्याक्सिन लगाउने उल्लेख गरिएको छ।
त्यस्तै पारिवारिक पुनर्मिलन र एरास्मस बिद्यार्थीहरुका लागि पनि वातारण सहज बनाउनेबारे उल्लेख गरिएको छ।
राष्ट्रपतिले संसदमा पठाउनुभएको संकटकाल कानुनको १३ औं मस्यौदामाथि आज बिहिवार दिउसो संसदमा छलफल र भोटिंग हुनेछ। राष्ट्रपतिले संसदमा संकटकाल कानुन पेश गर्नुभन्दा पहिले संसदमा प्रतिनिदित्व गर्ने सबै राजनैतिक दलहरुसँग हिजै छलफल गरिसक्नुभएकोले प्रक्रियाका लागि मात्रै संसदमा संकटकाल कानुन पेश भएको हो।
पोर्चुगलमा जनजीवन सहज र खुकुलो बनाउनेबारेमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बस्दैछ। सरकारले इस्टर पर्व अगाडी नै केही क्षेत्रमा अलि खुकुलो गर्दै जनजीवन सहज बनाउने जनाएको थियो। मन्त्रिपरिषदले आज कुन कुन क्षेत्र के कसरि खुला गर्ने बारेमा बहस गर्ने र ठोस नीति प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति मर्सेलोले संसदमा पेश गर्नुभएको संकटकालको १३ औं मस्यौदाको पूर्णपाठ :
2021-03-10_20_43_26_projeto_decreto_do_pr_renovacao_segundo_estado_de_emergencia_20210310