सुरक्षा जाँचमा खटिएका एक पिएसपी अधिकारीको कोरोना संक्रमणले मृत्यु !

लिस्बन।

पोर्चुगलको कोइम्ब्रामा सुरक्षा जाँचमा खटिएका एक पिएसपी प्रहरी अधिकारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

कोरोना संक्रमण पश्चात उपचारका लागि उनि अस्पताल भर्ना भएका थिए।

अचानक स्वास्थ्यमा खराबी आएपछि उपचारकै क्रममा हिजो शनिवार उनको मृत्यु भएको पिएसपी प्रहरीको राष्ट्रिय निर्देशनालयले जनाएको छ।

पिएसपी प्रहरीको राष्ट्रिय निर्देशनालयले एक प्रहरी अधिकारीको निधन भएको बताएतापनि उनको व्यक्तिगत बिवरण भने सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार