सोमवारबाट पार्कहरु खुल्ला, बेञ्चहरु प्रयोग गर्न पाईने !

सबिन धिताल प्रविन , लिस्बन।

पोर्चुगलमा कोरोनाको नयाँ संक्रमित, मृतक, अस्पताल भर्ना हुने बिरामीको संख्या, आइसियुका बिरामी र सक्रिय संक्रमितको संख्यामा निरन्तर कमि आएपछि सरकारले संकटकाल कानुनमा परिवर्तन गर्दै लकडाउन चरणबद्ध रुपमा खुकुलो गर्ने निर्णय गरेको छ।

संकटकाल कानुन लचिलो गर्दै सरकारले सोमबारबाट सार्वजनिक पार्क र सार्वजनिक स्थानमा भएका बेञ्चहरु प्रयोगमा ल्याएको बन्देज खुला गरेको छ। अब नागरिकहरु पार्कहरुमा खुला हिडडुल गर्न र सार्वजनिक स्थानमा भएका बेञ्चहरु प्रयोग गर्न पाउनेछन्।

यद्यपी सरकारले नगरपालिकाहरूलाई बन्देज लगाउन सक्ने प्रावधान समेत राखेको छ। सरकारले देशमा संकटकाल अर्को १५ दिनको लागि थपेर मार्च ३१ सम्म लम्ब्याएसंगै लकडाउनलाई खुकुलो पार्दै लागेको हो।

राष्ट्रपतिद्वारा लागु गरिएको संकटकालको तेर्हौ कानुनमा उल्लेख भए अनुसार अब नागरिकहरु सार्वजनिक पार्क, बगैचा, हरित खुला ठाउँ , रमाइलो गर्ने तथा छुट्टि मनाउने ठाउँहरु बस्ने, व्यायाम गर्ने, खेल्ने र फुर्सदको समय व्यतित गर्न सक्नेछन।

यद्यपी १३ औं अनुमोदित संकटकाल कानुन १७ मार्च बिहिवारबाट शुरु हुनेछ, तर सरकारले परिवर्तित कानुन १५ मार्च सोमबारबाट नै लागु हुने बताएको छ।

प्रधानमन्त्री एन्तोनियो कोस्ताले बिहिवार मन्त्रिपरिषद्को बैठक सकेर एक पत्रकार सम्मेलन गर्दै संकटकाल कानुनमा भएको परिवर्तन र सरकारले चरणबद्ध रुपमा लकडाउन कानुनमा गरेको खुकुलोपन तालिका सार्वजनिक गर्नुभएको थियो।

सरकारले लकडाउनमा आगामी अप्रिल ५, अप्रिल १९ र मे ३ तारिखमा पनि चरणबद्ध रुपमा खुकुलो नीति ल्याएको छ।

सरकारले अर्को सप्तान्ह र मार्च २६ देखि अप्रिल ५ सम्म ईस्टरमा जमघट नियन्त्रण गर्न एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न बन्देज गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार