पुनम गौतम, पोर्चुगल।
नेपाली नारी समाज पोर्तुगलको तेश्रो अधिवेशनको तयारी तिव्र रुपमा अगाडी बढेको छ । समाजको तेस्रो अधिवेशन अप्रिलमा हुने भएकोले तयारी तिव्र पारिएको समाजले जनाएको छ ।
लामो समयदेखि पोर्तुगलमा महिलाहरुको क्षेत्रमा काम गर्दै आएको समाजको दुई वर्षे कार्यकाल सकिनु अगावै अधिवेशनको समय तोकेको हो । मंगलबार कार्यसमितिको भर्चुअल बैठक पश्चात अधिवेशनको समय तय गर्दै अप्रिल ११ गते आईतबार गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
अधिवेशन सम्पन्न गर्नका लागि समाजकी अध्यक्ष जयकला राईको संयोजकत्वमा समाजको मूल समिति गठन गरेको छ । समितिमा ८५ जना सदस्य रहने गरि समिती गठन गरिएको हो । त्यस्तै गरी अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । सिता बरालको संयोजकमा निर्वाचन समिती गठन गरिएको छ भने सदस्यहरुमा सुनिता ब्लोन तामाङ र सरु भण्डारी रहेका छन् । त्यस्तै विधान संसोधन समितिको संयोजकमा मिनामाया खरेल र सदस्यहरुमा जयकला राई, विद्या आचार्य, पुनम गौतम, सीता श्रेष्ठ र लक्ष्मि परियार रहेका छन् ।
व्यवस्थापन समिती संयोजकमा ज्योत्सना अधिकारी रहनु भएको छ भने त्यसको सदस्यहरुमा डोङ्गा शेर्पा, माया घले र देबि गुरुङ रहनु भएको छ । त्यसैगरी सीता श्रेष्ठ प्रचार प्रसार समितिको संयोजकमा रहनु भएको छ भने त्यसको सदस्यहरुमा पुनम गौतम, सम्झना अधिकारी र स्नेहा परियार रहेका छन् ।
तेश्रो अधिबेशनको लागि यहि अप्रिलको ४ तारीख अर्थात चैत २२ गतेसम्म सदस्यता बितरणको समय रहेको छ । सदस्यता बितरण समिती तर्फ विमला आचार्य (विद्या) को संयोजकत्वमा सदस्यता वितरण समिति गठन गरिएको छ । साथै समाजले पोर्तुगलमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई समाजको साधारण सदस्यता लिनुहुन आग्रह गर्दै कार्यसमितिका निम्न आधिकारीक व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन स–विनम्र अनुरोध समेत गरेको छ ।
1) ज्योत्सना अधिकारी (कोषाध्यक्ष)-920052970
2) पुनम गौतम (सचिब)-920434015
3) डोङ्गा ल्हामु शेर्पा (कार्यसमिति सदस्य)-920043275
4) स्नेहा परियार (कार्यसमिति सदस्य)-92021125
5) लक्ष्मि परियार (कार्यसमिति सदस्य)-920066018
6) जानकी लामा (कार्यसमिति सदस्य)-920574161
7) सम्झना अधिकारी (कार्यसमिति सदस्य)-920127431