लिस्बन।
कोरोना महामारीका कारण बेलायत सरकारले पोर्चुगलमाथि लगाएको हवाई प्रतिबन्ध हटाएको छ।
बेलायतले पोर्चुगललाई खतराको ‘ रातो सूची’ बाट आजबाट हटाएपछि बेलायत पोर्चुगल सिधै हवाई सेवा सुचारु भएको हो।
बेलायतले पोर्चुगललाई रातो सूचीबाट हटाएपछि पोर्चुगलमा बेलायती पर्यटकहरु बढ्ने आशा गरिएको छ। बिशेष गरेर अल्गार्भको पर्यटन व्यवसाय बेलायती पर्यटकमा निर्भर रहेको छ।
कोरोना महामारीका कारण बिगत एक बर्षदेखी पोर्चुगलको पर्यटन व्यवसाय थिलथिल भएको छ।
पछिल्लो समयमा पोर्चुगल सरकार कोरोनाको संक्रमणदर अन्तराष्ट्रिय मापदण्ड अनुसार रोक्न सफल भएकोले पोर्चुगलमाथिको हवाई प्रतिबन्ध हटाईएको बेलायतको यातायात मन्त्रालयले जनाएको छ।
तर यता, पोर्चुगल सरकारले बेलायत र ब्राजिलमाथि लगाएको प्रतिबन्ध भने ३१ मार्चसम्मका लागि लम्ब्याएको छ। यसले गर्दा पोर्चुगल र बेलायतको हवाई सेवा तुरुन्तै सुचारु हुने देखिदैन।