पोर्चुगल ।
देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ गठित अन्तर्राष्ट्रिय नेपाली समाजले बिहिवार एक भर्चुअल कार्यक्रम गर्दै कमल खड्काको नेतृत्वमा पोर्चुगलको राष्ट्रिय कार्य समिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सोम अनुराग बस्नेत र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै उपाध्यक्षहरुमा अनु खनाल, प्रकाश खड्का, कमल जिसी, दिपेश राई र नवराज पौडेल चयन भएका छन ।
त्यसैगरी महासचिवमा हरिशरण परियार, सह-महासचिवमा नरेश कठायत र सचिवहरुमा सुजित श्रेष्ठ र मनिषा घिमिरे चयन भएका छन ।
समितिको कोषाध्यक्षमा कुशुम गुरुङ र सह-कोषाध्यक्षमा गोकुल कंडेल चयन भएका छन भने सदस्यहरुमा भिमा राई, जेसिका तामाङ, शर्मिला राई, सीता तामाङ, सविन तामाङ र सन्ध्या थापा रहेका छन ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रा.डा. श्रीरामप्रसाद उपाध्ययले ´प्रवासबाट नेपाल र नेपालीको हित र विकासमा सोच्नु, संकल्प लिनु र काम गर्नु एकदमै प्रशसनीय हो । जहाँ रहे पनि देशभक्ति संधै उच्च रहोस्´ भन्दै निरन्तर लाग्न आग्रह व्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तिलक गैरेले ‘नेपाल र नेपालको हितमा धेरै काम गर्न अपरिहार्य भएकाले नवगठित समाजले गर्ने हरेक सकारात्मक काममा आफ्नो सधै साथ, सहयोग र सद्भाव रहने’ भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा समाजका अध्यक्ष अर्जुन घिमिरे, बरिष्ठ उपाध्यक्ष श्याम सुवेदी, उपाध्यक्ष नितु खतिवडा, महासचिव अर्जुन श्रीलगायतले शुभकानमा मन्तव्य राख्दै नेपाल र नेपालीको हितमा संसारभरका नेपालीसँग हातेमालो गर्दै काम गर्ने कुरामा जोड दिएका थिए । त्यस्तै कार्यक्रममा महिला समितिकी महासचिव शुभद्रा थापा भणडारी, कोषाध्यक्ष शुभलक्ष्मी कोईराला लगायत अन्य विशिष्ट व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नवगठित समितिको अध्यक्षमा कमल खड्काले ´पोर्चुगल धेरै नेपालीको रोजाईको देश भए पनि यहाँ अनेकौं कठिनाईहरु रहेकाले आगामी दिनमा पोर्चुगलमा बस्ने नेपालीको सुखदुःखमा सँगै रहने´ प्रतिबद्दता व्यक्त गर्नु भएको थियो ।