ललित जोशी/ लेकुड़ा, डडेलधुरा
एक सुन्दर फूल फुलेर फक्रीए जस्तो
लाग्छ सुमधुर महकले सजिए जस्तो ।
मन तरंगीत भै रहेछ अन्तरंग उमंगले
जिन्दगी सप्तरंग फूलले रंगिए जस्तो ।
रीतले डाकी सक्यो आउ बहार भनेर
बहार संगै रसिलो खुसी भरीए जस्तो ।
अव्यक्त मन छताछुल्ल शब्द बहरमा
गजल बनेर पंक्ति पंक्ति ठडिए जस्तो ।
सुनमा सुगन्ध प्यारमा अधिक संसारमा
अटल हिमाल झन उचाई थपिए जस्तो।