पोर्चुगलका राष्ट्रपति मर्सेलोद्वारा १४ औं पटक अप्रिल १५ सम्मका लागि संकटकाल थप !

सबिन धिताल / सुरेश जोशी , पोर्चुगल।

पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले अप्रिल १५ तारिखसम्म संकटकाल थप गर्ने बताउनुभएको छ। देशमा कोरोना रोकथामको उपायको रुपमा संकटकाल थप गर्न राष्ट्रपतिले संकटकाल कानुनको चौधौ नयाँ मस्यौदा हिजो मात्रै संसदमा पठाउनुभएको छ।

संसदले पारित गरेपछि पोर्चुगलमा संकटकाल १५ अप्रिलसम्म थपिनेछ। पोर्चुगलको इतिहासमा राष्ट्रपतिले संसदमा पठाउनुभएको कानुनको मस्यौदा संसदबाट पारित नभएको इतिहास छैन , किनभने संसदमा कानुनको मस्यौदा पथाउनुभन्दा पहिले नै राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रतिनिधिहरुसंग छलफल गरेर समर्थन प्राप्त गरिसकेका हुन्छन। मस्यौदा कानुनलाई आधिकारिकताका लागि मात्रै संसदमा पेश गरिने र संसदले अनुमोदन गर्ने कानुनी प्रावधान छ।

राष्ट्रपति मर्सेलोद्वारा संसदमा पेश गर्नुभएको संकटकाल कानुनको चौधौ मस्यौदामाथि आज बिहिबार छलफल र भिटिंग हुनेछ, तर संकटकाल थपिने निश्चित छ।

पोचुगल अहिले पनि संकटकाल कानुन रहेको छ जुन आउदो बुधबार ३१ मार्च राति सकिदैछ।

पोर्चुगलमा प्राथमिक बिधालयहरु खुलेपछि गत सोमबार एक विद्यालयको निरीक्षणको क्रममा राष्ट्रपति मर्सेलोले पत्रकारहरुसंग कुरागर्दै संकटकाल थपिने र बर्तमान अवस्थालाई हेर्दा संकटकाल मे महिनासम्म लम्बिन सक्ने बताउनुभएको थियो। सोहि दिन पत्रकारहरुको प्रश्नमा राष्ट्रपतिले यसपटक संकटकाल थप गर्दा देशवासीको नाममा सम्बोधन गर्ने समेत बताउनुभएको छ।

संकटकाल कानुनको चौधौ मस्यौदामा केही हेरफर गरिएको छ। सप्ताहन्त, इष्टर सप्ताहको बिचको समय २६ मार्च देखि ५ अप्रिलसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न प्रतिबन्ध गरिएको छ।

संकटकाल कानुनको चौधौ मस्यौदाको पूर्णपाठ यहाँ क्लिक गरेर पढ्न सकिनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार