पोर्चुगलमा ईस्टरसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावतमा प्रतिबन्ध, उल्लङ्घन गर्नेलाई १००० युरोसम्म जरिवाना !

लिस्बन।

पोर्चुगल सरकारले ईस्टरसम्मका लागि एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न रोक लगाएको छ। नगरपालिकाहरु बिचको आवतजावत मार्च २६ मध्यरातिबाट अप्रिल ५ सम्मका लागि लागु गरिएको हो।

आज २६ मार्च मध्यरातिबाट अर्को १० दिन ५ अप्रिलसम्म पोर्चुगलभरि सबै नागरिकहरुले सरकारले संकटकाल कानुनमा ल्याएको यो परिवर्तन अनिवार्य पालना गर्नुपर्नेछ। यो कानुनको उल्लङ्घन गर्नेलाई सुरक्षा अधिकारीहरुले स्पटमै ( ठाउँको ठाउँ ) कम्तिमा २०० युरोदेखी बढीमा १००० युरोसम्म जरिवाना गर्न सक्नेछन्।

पोर्चुगल सरकारले १५ मार्चबाट ३ मे’को बिचमा चरणबद्ध रुपमा लकडाउन खुकुलो गर्ने नीति ल्याएको छ। सरकारले क्रिसमस र नयाँ बर्षको समयमा गरेको खुकुलो नीतिले व्यहोर्नुपरेको कोरोना संक्रमण वृद्धि दर र क्षतिका कारण त्यस्तै नियति ईस्टरमा नहोस् भनेर यो समयमा कडाई गरेको हो।

इस्टर हप्तामा, मार्च २६ को मध्यरातबाट अप्रिल ५ सम्म बिचको समयमा पोर्चुगल सरकारले के के काम गर्न निषेधित गरे, के अनिवार्य गर्नुपर्ने वा के गर्न अनुमति दिईएको छ , तलको तालिका हेर्नुहोस् !

– आफ्नो निवास को नगरपालिका छोड्न – निषेधित

– घरमै बस्नुपर्ने – अनिवार्य

– आवश्यक सामान र सेवाहरू खरीद गर्न घर बाहिर निस्कन – अनुमति

– व्यावसायिक गतिविधिहरू गर्न – अनुमति

– चिकित्सा सहायता को लागी यात्रा – अनुमति

– कमजोर मानिसहरूलाई सहायता गर्न र वृद्धहरूको भ्रमण गर्न – अनुमति

– विद्यालयहरूमा नाबालिगहरूलाई पुर्याउन र फिर्ता लैजान – अनुमति

खेल गतिविधिहरूलाई पनि अनुमति दिईएको छ , तर आफु बस्ने नगरपालिका भित्रका साथै पार्क, बगैंचा र फुर्सतमा हिंड्ने अनुमति छ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले प्रस्तुत गर्नुभएको योजना अनुसार ईस्टर हप्ता पछि पोर्चुगल डिफेलेसनको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ लकडाउनलाई अझै खुकुलो बनाईनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार