लिस्बन ।
पोर्चुगलमा जीएनआर प्रहरीमाथि सामुहिक आक्रमण भएको छ।
सुरक्षा प्रहरीमाथि नै सामुहिक आक्रमण गर्ने समुहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
हिजो शनिबार राति सार्वजनिक सडकमा होहल्ला र झगडा गर्ने समुहलाई रोक्ने प्रयास प्रहरीले गरेपछि उल्टै एक समुहले प्रहरीमाथि नै आक्रमण गरेका थिए।
अल्गार्भको ओल्हाओमा करिब राती १० बजेतिर भएको सो घटनामा २ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ। उक्त समयमा स्थिती सामान्य गर्न थप प्रहरी परिचालन गर्नुपरेको थियो।