चीनको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको बारे फेरि बोल्यो डब्लुएचओ

एजेन्सी ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ चीनको प्रयोगशालाबाट निस्किएको भाइरस भएको विषयमा थप अध्ययन गर्नुपर्ने बताएको छ ।

संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले चिनियाँ प्रयोगशालको तथ्य सत्य हुने सम्भावना अत्यन्त कम रहेको बतउँदै विना अध्ययन यस विषयमा बोल्नु ठिन नहुने स्पस्ट पार्नुभयो ।

अमेरिका लगायत अन्य केही देशले भने विश्व स्वास्थ्य संगठनलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेको छ । चीनले अहिलेसम्म आफ्नो प्रयोगशालाबाट भाइरस लिक भएको विषयलाई अस्वीकार गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनको एक टोलीले १४ जनवरीदेखि १० फेब्रअरीसम्म चीनको वुहान शहरको भ्रमण गर्दै अध्ययन गरेको थियो । चीनको वुहान शहरमा २०१९ को डिसेम्बरमा सबैभन्दा पहिला कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

चीन गएको अध्ययन टोलीले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै चीनका विशेषज्ञहरूको टीमबाट जरुरी डाटा उपलब्ध हुन नसकेको जनाउँदै आगामी दिनमा पूर्ण डाटा उपलब्ध गराउन आवश्यक रहेको बताएको छ ।

विशेषज्ञहरूको टीमका अनुसार कोरोना भाइरसको संक्रमण चमेरोबाट मानिसको सरेको हुनसक्ने अनुमान गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले चीनको प्रयोगशालाबाट कोरोनाको भाइरस निस्किएको कुरालाई न स्वीकार गरेको छ न त अस्वीकार नै । उसले थप अध्ययनको आवश्यकता रहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको रिपोर्टको बारेमा चीनले अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार