लिस्बन।
पोर्चुगलमा ड्युटीमै रहेका २ जीएनआर सैनिक र एक पिएसपी प्रहरी अधिकारीको हत्या भएको रिपोर्ट बाहिरिएको छ।
दुई जीएनआर सैनिक सहित एक पिएसपी प्रहरी अधिकारीको हत्या भएको यो तथ्यांक सन् २०२० को हो। सन् २०१९ मा कुनै पनि अप्रिय घटना नभएको आन्तरिक सुरक्षा मन्त्रालयको बार्षिक रिपोर्टले देखाएको छ।
रिपोर्टका अनुसार सन् २०२० मा ड्युटीमै रहेका ३ जना सुरक्षा अधिकारीहरुको हत्या भएको, सख्त घाइते भएर उपचारका लागि अस्पतालमा भर्ना भएको र ८४६ जना सामान्य चोट लागेको उल्लेख छ।
आन्तरिक सुरक्षा मन्त्रालयको यो बार्षिक रिपोर्ट ३१ मार्चमा संसदमा प्रस्तुत गरिएको थियो।