लिस्बन।
डाउनटाउन लिस्बनको एक होस्टेलमा आगलागी हुदा ९ जना पर्यटक घाइते भएका छन्।
रुआ दोस दोउरदोरेसमा अवस्थित उक्त होस्टेल भवनमा आगलागी भएपछि त्यस होस्टेलमा बसिरहेका ९ जना पर्यटकहरुलाई फायर फाइटरहरुले उद्धार गरेका थिए।
उद्धार गरिएका ९ पर्यटकहरुमध्ये २ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना भएका दुई जनामध्ये एकको शरीर जलेको छ भने अर्काले धुवा सास लिएका कारण स्वास्थ्यमा खराबी भएको छ।
अन्य ७ जना घाइतेहरुलाई इमर्जेन्सी सेवा एम्बुलेन्सले घटनास्थलमै उपचार गरेका छन्।
आइतवार बिहान करिब ३:२० बजेतिर भएको उक्त आगलागीमा उद्धारका लागि फायर फाइटर, सुरक्षाकर्मी र इमर्जेन्सी सेवा एम्बुलेन्सका २५ जना सहभागी भएका थिए।
उक्त होस्टेलमा आगलागीको कारण खुल्न सकेको छैन।