डेढ लाख युरो ठगी प्रकरण : पिडितहरु सहयोग माग्न सम्पर्क गरेको गर्यै, संघका अध्यक्ष भागेको भाग्यै !

लिस्बन।

गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरले नेपाली श्रमिकहरुलाई ठगी गरेर डेढ लाख भन्दा बढी रकम ठगेर कुलेलाम ठोकेका छन्।

१५० जना भन्दा बढी नेपालीहरुको पोर्चुगलबाट नेपाल जाने हवाई टिकेट नक्कली बनाएर र आफ्नै रेमिट्यान्स कम्पनी लक्ष्मी ट्राभल्समार्फत नेपाल पठाएको रकम नै नपठाएर निज कुँवर फरार छन्।

संघकै कोषाध्यक्षले आम श्रमिक नेपालीहरुलाई ठगेपछि हारगुहार माग्दै संघका अध्यक्ष तिलक गैरेलाई पिडितहरुले सम्पर्क गर्नखोज्दा अध्यक्ष गैरे भागेको भाग्यै गरेका छन्।

उता पोर्चुगलमा रहेका अधिकांस नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुले पनि संघका अध्यक्ष गैरेसंग सम्पर्क गर्दा सम्पर्क हुन नचाहेको र पिडितहरुलाई सहयोग र उद्धार गर्ने कार्यबाट पन्छिएको गुनासो गरेका छन्।

पिडितहरु र संघसंस्थाका प्रतिनिधिहरुले लिस्बनस्थित नेपाली कन्सुलरको कार्यालयमा पुगेर सो गुनासो गरेका हुन्।

डेढ लाख युरोभन्दा बढी ठगी गरेर फरार भएका एनआरएनए नेता कुँवर र संघका अध्यक्ष गैरेले मिलेर संघको कोषको हिनामिना गरेको आरोप समेत लागेको छ। संघकै उपाध्यक्ष सिता श्रेष्ठले संघको कोषमा कति रकम छ भन्ने थाहा नभएको बताएकी छिन।

पिडितहरुले सामुहिक टेलिफोन कुराकानीमा अध्यक्ष गैरेलाई झपार्दै ” हामीलाई संघको कोषको रकमले उद्धार गर्नुपर्यो, संघको कोषमा कति रकम छ ? ” भनेर सोधेपछि प्रतिउत्तरमा अध्यक्ष गैरेले संघको खातामा जम्मा १८०० युरो मात्रै रहेको बताएका छन्। यसले संघको अघिल्लो कार्यसमितिले गैरे कार्यसमितिलाई बुझाएको ४१ हजार युरोको ब्यापक हिनामिना भएको थप आशंका उब्जाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार