नेपाली श्रमिकको डेढ लाख युरो लुटेर फरार एनआरएनए नेता कुँवरको लिस्बनमा खोजी, संघकै संरक्षणमा कुँवर अल्गार्भमा ‘होली डे’ मनाउदै !

यादव देवकोटा, पोर्चुगल।

पोर्चुगलमा रहेका १५० बढी नेपाली श्रमिकहरुको डेढ लाख बढी युरो ठगी गरेर कुलेलाम ठोकेका एनआरएनए पोर्चुगलका नेता कोषाध्यक्ष बिक्रम जंग कुँवरको लिस्बनमा ब्यापक खोजी भयो। भोइस अफ नेपाललाई प्राप्त बिशेष जानकारी अनुसार कुँवर संघको नेतृत्वकै संरक्षणमा अल्गार्भमा ‘होली डे’ मनाईरहेका छन्।

ठगी गरेर मर्सिडिज गाडीमा लिस्बनबाट फरार भएका कुँवरलाई भगाएर अल्गार्भसम्म पुर्याउन अर्को एक गाडीले स्कर्टिङ् गरेर लागेको थियो। स्कर्टिङ् गरेर गएको गाडीभित्र सवारमध्ये खेती कम्पनीका एक नेपाली साहु सहित केही व्यक्ति संघकै कार्यसमिति पदाधिकारीहरु समेत थिए ।

ठगी गरेर मर्सिडिज गाडीमा लिस्बनबाट फरार भएका कुँवरलाई भगाएर अल्गार्भसम्म पुर्याउन अर्को एक गाडीले स्कर्टिङ् गरेर लागेको थियो। स्कर्टिङ् गरेर गएको गाडीभित्र सवारमध्ये खेती कम्पनीका एक नेपाली साहु सहित केही व्यक्ति संघकै कार्यसमिति पदाधिकारीहरु भएको एक प्रत्यक्षदर्शीले भोइस अफ नेपाललाई बताएका छन्। स्कर्टिङ् गरेर निज कुँवरलाई अल्गार्भसम्म पुर्याउने को को थिए ? कानुनी कठघरामा पुराउनुपर्ने निज कुँवरलाई किन र को-कसले भगाए ? भोइस अफ नेपालको पुरै टिम यसको निरन्तर फलोअपमा छ।

एक दिन अगाडी मात्रै अल्गार्भको भिलामोरामा फरार कुँवर देखापरेका भोइस अफ नेपाललाई एक नेपालीले बताए। अल्गार्भमा देखापरेका कुँवर राति अलेन्तेजु गएको अर्का नेपालीले भोइस अफ नेपाललाई जानकारी दिएका छन्। ठगी गरेर लिस्बनबाट फरार भएका कुँवर अल्गार्भ र अलेन्तेजो क्षेत्रमै एनआरएनए नेतृत्वबाटै संरक्षणमा छन्। ठगी गरेर फरार भएका कुँवरले आफ्नो फोन स्विच अफ गर्नुका साथै फेसबुक समेत डिएक्टिभ गैरेका छन्।

संघकै नेतृत्वले नै डेढ लाख युरो ठगी गरेर सयौ नेपालीको बिचल्ली पारेका कुँवरलाई बचाउन अल्गार्भबाट माल्टा पठाउने बन्दोबस्त मिलाएको बिशेष जानकारी प्राप्त भएको छ। यसघि पनि संघको कार्यसमितिमा रहेर लाखौ ठगी गरेर फरार भएका एनआरएनए नेताहरु माल्टामा लुकेर बस्दै आईरहेका छन्।

पछिल्लो समय युरोपका अन्य देशहरुमा ठगी, लुटपाट, गुण्डागर्दी, दलाली र मानव तस्करी गरेर कुलेलाम ठोकेर लुकेर बस्ने नेपालीहरुको हव बन्दैछ माल्टा। मानव तस्करीमा एनआरएनए माल्टाको प्रतक्ष्य संलग्नता भएको प्रमाणित भएसंगै सम्पूर्ण कार्यसमितिमाथि नै कारवाही हुदै एनआरएनए माल्टा नै बिघटन भएको ताजा इतिहास छ।

बर्षौ देखि ठगी र गुण्डागर्दी गर्दै आएका निज कुँवरलाई संरक्षण गर्दै आएको एनआरएनए पोर्चुगलले १५० भन्दा बढी नेपालीलाई एकैपटकमा ठगेर एक लाख पचास हजार युरोभन्दा बढी रकम सहित फरार भएपछि संघले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार