पोर्चुगल आएको ३ महिनामै अस्ताए चितवनका सुर्य, नेपाली समुदाय शोकमा !

लिस्बन।

बैदेशिक रोजगारी र सुन्दर भविष्यको खोजीमा ३ महिना अगाडी मात्रै पोर्चुगल आएका एक नेपाली सदाका लागि अस्ताएका छन्।

३ महिना अगाडी मात्रै माल्टा हुदै पोर्चुगल पुगेका चितवन चण्डीभञ्ज्याङ् घर भएका २९ वर्षिय सुर्य गुरुङकाे पाेर्तुगलकाे बेजा अस्पतालमा निधन भएको छ।

गुरुङ रोजगारीका लागि पोर्चुगलको मिलफन्ताेसमा बस्दै आएका थिए।

गुरुङको मृत्युको घटना परिवारलाई जानकारी गराई सकेको र परिवारको अनुरोधमा पार्थिव शरीर नेपाल पठाउने तयारी भएको गैर आवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ।

गुरुङको पार्थिव शरीर व्यवस्थापन र नेपाल पठाउने कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका सबै सामाजिक संघसंस्था र नेपाली समुदायमा संघले अनुरोध गरेको छ।

गुरुङको मृत्यको खबरले पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार