कोरोनाविरूद्धकाे खोप लगाउन सर्वसाधारणकाे भीड

काठमाडौं ।

सिभिल हस्पिटल नयाँ बानेश्वरमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सर्वसाधारणकाे भीड लागेको छ ।

मंगलबारदेखि सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएसँगै तोकिएका अस्पतालहरुमा खोप लगाउनेको भीड बढेको हो ।

सिभिल हस्पिटलमा आज बिहान ७ बजेदेखि खोप लगाउनेको लाइन थियो ।

१० बजेदेखि खोप लगाउन शुरु भएकामा दिउँसो १ बजेसम्ममा करिब दुई सय जना सर्वसाधारण खोप लगाउनका लागि लाइनमा रहेको अस्पतालले जनाएको छ ।

देशमा कोरोना भाइरस संक्रमण पुन: बढ्न थालेसँगै देशभर सर्वसाधारणका लागि आजबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार