पोर्चुगल – स्पेन सिमाना थप १५ दिनका लागि बन्द , हवाई यात्रामा बन्यो यस्तो नियम !

लिस्बन।

पोर्चुगल- स्पेन सिमाना थप १५ दिनका लागि बन्द हुने भएको छ।

पोर्चुगलमा राष्ट्रपतिद्वारा संकटकाल अप्रिल ३० सम्मका लागि थप गरिएसंगै स्पेनसंगको सिमाना पनि सोही समयसम्मका लागि बन्द भएको हो।

त्यस्तै पोर्चुगलको अन्य मुलुकसंगको हवाई यात्रा नियममा पनि कुनै परिवर्तन नभएको प्रधानमन्त्री एन्तोनियो कोस्ताले बताउनुभएको छ।

संकटकालमा हवाई नियम अनुसार प्रत्येक एक लाख जनसंख्यामा ५०० भन्दा कम संक्रमित भएका देशहरुबाट पोर्चुगल यात्रुहरु यात्रा गर्नसक्ने जनाएको छ , तर उनीहरुले अनिवार्य कोरोना नतिजा नकारात्मक भएको रिपोर्ट देखाउनुपर्ने बनाएको छ।

प्रत्येक एक लाख जनसंख्यामा ५०० भन्दा बढी संक्रमित भएका देशहरुबाट पोर्चुगल आउने यात्रुहरुले एयरपोर्टमा नै कोरोना परिक्षण गर्नुपर्ने र १४ दिनको क्वारेन्टिन बस्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार