लिस्बन।
एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरको ठगी धन्दाको समाचार लेखेपछि ६ महिनादेखि भोइस अफ नेपालले अदालती मुद्धा झेल्दै आएको छ।
भोइस अफ नेपालले कोषाध्यक्ष कुँवर र उनीद्वारा संचालित लक्ष्मी ट्राभल्सको ठगि धन्दाको पहिलोपटक पर्दाफास गर्दै पिडितको पक्षमा १३ मंसिर २०७७ मा “एनआरएनए पोर्चुगलका कोषाध्यक्षको ठगी काम : नेपालमा कोरोना बिरामीको उपचारमा पठाएको रकम नै पारिदिए झ्वाम् ! “ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो। लामो समयदेखि ठगी गर्दै आएका कुँवरले आफ्नो कर्तुतको समाचार प्रकाशित भएपछि समाचार हटाउन दबाब दिदै आएका थिए।
उनले एक निजी वकिलमार्फत भोइस अफ नेपालको टिमलाई पत्राचार गर्दै समाचार सच्च्याउन, हटाउन आफूहरुबाट गल्ती भएको भन्दै बिज्ञप्ति निकाल्न बारम्बार दबाब दिएका थिए। समाचार नहटाए, नसच्च्याए र क्षमायाचना नगरे भोइस अफ नेपालका टिमलाई जे पनि हुनसक्ने भन्दै म्यासेज मार्फत धाकधम्की दिदै आएका थिए। उनले नेपाली बाणिज्यदुतावास, राजदुतावास र सेफमा समेत भोइस अफ नेपाल बिरुद्ध अपराधको उजुरी गर्ने उल्लेख गरेका थिए।
भोईस अफ नेपालले समाचार हटाउन नमानेपछि उनले आफ्नो निजी वकिल मार्फत भोइस अफ नेपाल र यसका संचालकमाथि मुद्धा दायर गरे।
सिलसिलेवार ठगीमा संलग्न एनआरएनए नेता कुँवरले धाकधम्की र मुद्धाको बेवास्ता गर्दै भोइस अफ नेपालले उनको ठगी र गुण्डागर्दीको थप ३ समाचार सम्प्रेषण गर्यो।
ठगीको पहिलो समाचार बाहिरिएको करिब ६ महिनापछि एनआरएनए नेता कुँवरले १६० भन्दा बढी नेपाली, केही बंगलादेशी र भारतीय नागरिकको हवाई टिकेट र रेमिट्यान्सको डेढ लाख युरोभन्दा ठगी गरेर फरार छन्। निज कुँवरले संघकै संरक्षणमा डेढ लाख युरो ठगी गरेर फरार भएपछि उनको ठगीका समाचार अन्तराष्ट्रियकरण भयो।
पिडित, प्रहरी र समुदायको खोजीमा रहेका कुँवर संघकै संरक्षणमा ठगी गरेको र नेतृत्वकै संरक्षणमा राजधानी लिस्बनभित्रै लुकेर बसेको पिडितहरुको गुनासो र आमनागरिकको आरोप छ।
सिलसिलेवार ठगीमा संलग्न एनआरएनए नेता निज कुँवरले एक निजी वकिल मार्फत आफ्नो मानहानी भएको भन्दै भोइस अफ नेपालमाथि मुद्धा मामिला गरेपछि पछिल्लो ६ महिनादेखि कानुनी झमेला झेल्दै आएको हो ।
पिडितहरुको पक्षामा कलम चलाउदा केही बाधा अड्चन आएपनि अन्त्यमा सत्यको नै जीत हुनेमा भोइस अफ नेपालको टिम बिश्वस्त रहेको छ।