कस्काइसको सडकमै छुरा प्रहार गरि १५ बर्षीय युवकको हत्या !

लिस्बन।

पोर्चुगलको कस्काइसमा छुरा प्रहार गरि १५ बर्षीय युवकको हत्या भएको छ।

सडकमै १५ बर्षीय टोमस ब्रागाको उनकै साथीले छुरा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।

सामान्य बिबाद हुदा उनका १८ बर्षीय साथीले छातीमा छुरा प्रहार गरेका थिए।

घटनास्थलमा रहेका अन्य साथीहरुले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा प्रहरी, एम्बुलेन्स र फायरफाइटरको उपस्थिति थियो।

छातीमा छुरा प्रहारका कारण अधिक रक्तश्रावले उनको मृत्यु भयो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार