पोर्तुगाली पासपोर्ट संसारकै छैठौं शक्तिशाली, १८८ देशमा भिषा निशुल्क !

लिस्बन।

पोर्चुगलको पासपोर्ट फेरी पनि संसारकै छैठौं शक्तिशालीमा दर्ज भएको छ।

हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार पोर्चुगलको पासपोर्ट संसारका शक्तिशाली पासपोर्टको सूचीमा परेको हो। पोर्तुगाली पासपोर्ट हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार अघिल्लो बर्ष पनि छैठौं स्थानमै रहेको थियो।

हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार विश्वकै शक्तिशाली पासपोर्ट जापानको रहेको छ। जापानी पासपोर्टधारीले निशुल्क भिषा संसारका १९३ देशमा निर्धक्क यात्रा गर्न सक्दछन।

हेन्लेका अनुसार सिंगापुर दोश्रो शक्तिशाली ( १९२ देशमा निशुल्क भिषा ) , दक्षिण कोरिया र जर्मनी तेश्रो शक्तिशाली ( १९१ देशमा निशुल्क भिषा ) रहेका छन्।

त्यस्तै चौथो शक्तिशाली देशमा इटाली, फिनल्याण्ड, स्पेन र लक्जम्बर्ग रहेका छन्। यी देशका नागरिकहरु निशुल्क भिषा १९० देशमा यात्रा गर्न सक्दछन।

डेनमार्क र अष्ट्रियाको पासपोर्ट संसारकै पाँचौ शक्तिशाली रहेको छ। यी देशका नागरिकहरु १८९ देशमा निशुल्क भिषा यात्रा गर्न सक्दछन।

छैठौमा स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड र आयरल्याण्ड रहेका छन्। यी देशका नागरिकहरुलाई निशुल्क भिषा १८८ देशमा यात्रा गर्न सकिने सुबिधा छ।

अर्कोतिर शक्तिशाली देशहरु अमेरिका, बेलायत, बेल्जियम, न्युजिल्याण्ड र स्विटजरल्याण्ड सातौ स्थानमा रहेका छन्। यी देशका नागरिकहरुलाई निशुल्क भिषा १८७ देशको यात्रा गर्नसक्ने अनुमति छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार