न पीडा छ तिमीलाई गुमाउनुको
न कुनै गर्व नै तिमी साथ हुनुको
तर पनि खै
म तिमीलाई र तिमी मलाई
हरेक दिन खोजिरहेका छौ
आ- आफ्नै भर्सनमा ।।१।।
हो ..!
हिजो तिमीले मलाई खोजेको थियौ
आफ्नो मतलबका लागी
म मतलबी त छु
तर
तिमी जत्ती छैन
र
तिमीले जस्तै मैले आज तिमीलाई खोजिरहेको छैन ।।२।।
मेरो मतलब त थियो तिमीसित
तर
म तिमीलाई मेरो जस्तो अनुभव दिन चाहन्नथे,
ईमानी कर्मशील जिन्दगी बाँचेको
भुईमान्छे सदैव ईमानदार रहन्छ
मित्रसँग मित्रता जो गासिएको थियो,छ
त्यो धरातल
अनि मित्रताको Roots & Routes ।।३।।
- मित्र
तिमी भुलेछौ
जुन धरातलमा टेकेर आजसम्म मित्रता गासिरहेको छौ म सित
तिमिलाई नमन ।।४।।