प्रदीप रोदन, नेपाल
कम्तीमा आफ्नाहरुले हातमा छिनो लिनुपर्छ।
बेला भयो मैले अब मुर्ति बनेर निस्किनुपर्छ।
कहाँ सजिलो हुन्छ र मन राख्न दुनियाँको,
आफ्नै बच्चाको मन राख्न मिठाइ दिनुपर्छ।
उतार्न त डुब्नेहरुलाई पनि उतार्छ नदीले,
दुनियाँले मलाई हेर्दा सम्म त पौडिनुपर्छ।
सहायता के हो बा? एक लौरो जस्तो न हो,
बाबू उभिन त स्वयं आफू पनि उभिनुपर्छ।
झ्यालमा राख्न लाग्दा नि फूट्छन सिसाहरु,
गन्तव्य चुम्न लाग्दा झन बढी जोगिनुपर्छ।