जनकपुरधाम।
जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको छ ।
सोमबार रमदैया स्थित जानकी मेडिकल कलेजमा दुई सय शैय्याको कोरोना विशेष अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय भएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्ला भित्रका सरकारी, अर्धसरकारी, निजि तथा समुदायिक अस्पताल र मेडिकल कलेजका प्रतिनिधिहरु संग भएको छलफलमा मेडिकल कलेजमा रहेको २ सय शैय्या (बेड)लाइ तत्काल कोभिड विशेष अस्पतालको रुपमा प्रयोग गरि संचालनमा ल्याउने निर्णय भएको जानकारी दिए ।
अस्पतालमा थप सेवा सुविधाको लागि प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघिय सरकारसँग समनवय गर्ने निर्णयसमेत भएको छ ।
छलफलमा महामारी थप व्यापक कलेजको अस्पतालले न पुग्ने अवस्था आएमा निजि अस्पताल संघ धनुषाको सहाकार्यमा कुनै पनि निजी अस्पताललाई थप कोभिड डेडिकेटेड अस्पताल बनाउन सकिन निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाको भनाइ छ ।