पोर्चुगल-स्पेन सिमाना शनिवारबाट खुल्ने !

– सबिन धिताल , लिस्बन।

पोर्चुगल-स्पेन बिचको भू-सिमाना शनिवारबाट खुल्ला हुने भएको छ।

कोरोना संक्रमणका कारण रोकथामका उपायहरुमा पोर्चुगल सरकारले स्पेनसंगको भू-सिमा ९ नोभेम्वरबाट बन्द गरेको थियो।

उता भारतमा कोरोना नियन्त्रणभन्दा बाहिर गएपछि पोर्चुगल सरकारले भारतबाट पोर्चुगल आउने हवाई यात्रुहरुमा १४ दिने अनिवार्य क्वारेण्टिन बस्नुपर्ने नियम बनाएको छ।

पोर्चुगलले यसघिदेखि नै कोरोना संक्रमणदर उच्च भएका देशहरु जस्तै ब्राजिल , दक्षिण अफ्रिका, र केहि युरोपियन देशहरुबाट पोर्चुगल आउने यात्रुहरुमाथि क्वारेण्टिन बस्नुपर्ने नियम लगाएको थियो ।

यो संगै ब्राजिल, दक्षिण अफ्रिका, भारत, बुल्गेरिया, चेक रिपब्लिक, साईप्रस , क्रोसिया, स्लोभेनिया, एस्तोनिया, फ्रान्स, हंगेरी, नेदरल्याण्ड, पोल्याण्ड, र स्वीडेनबाट पोर्चुगल आउने यात्रुहरुले स्वास्थ्य अधिकारीहरुको निर्देशन अनुसार १४ दिनसम्म तोकिएको होटेल अथवा घरमै आइसोलेशनमा बस्नुपर्नेछ। प्रत्येक एक लाख जनसंख्यामा ५०० बढी संक्रमण दर हुने देशहरुका लागि यो नियम लागु गरिएको हो।

हवाई यात्राबाट पोर्चुगल आउने सबै यात्रुहरुले हवाई यात्राको ७२ घण्टाभित्र कोरोना परिक्षण नकारात्कम भएको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने हुन्छ। यसमा दुई बर्षभन्दा मुनिका बालबालिकाहरुलाई छुट दिईएको छ।

पोर्चुगलमा हालसम्म कोरोना संक्रमणले १६ हजार ९७४ जनाले ज्यान गुमाईसकेका छन्। कुल संक्रमित संख्या ८ लाख ३६ हजार ३३ पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार