सेफको नक्कली अपोइण्टमेन्ट बनाएर दिने एक नक्कली वकिललाई पोर्चुगलमा ४ बर्ष ६ महिना जेल सजाय !

लिस्बन।

पोर्चुगलमा नक्कली वकिल बनेर आप्रवासीहरुलाई आवास अनुमतिका लागि कागजपत्र बनाउन सहयोग गर्ने एक व्यक्तिलाई अदालतले ४ बर्ष ६ महिनाको जेल सजाय तोकेको छ।

जेल सजाय पाएका व्यक्तिले वकिल बनेर नक्कली कागजपत्रहरु तयार पारेर आप्रवासीहरुलाई पोर्चुगलमा आवास अनुमति ( रेसिडेन्सी ) प्राप्त गर्न सहयोग गरेको सेफले जनाएको छ।

सेफका अनुसार अभियुक्तले पोर्चुगलमा रेसिडेन्सी प्राप्त गर्न सम्पर्क गर्नुपर्ने सरकारी निकाय र अधिकारीहरुसँग आफ्नो नजिकको सम्बन्ध भएको भन्दै आप्रवासीहरुलाई झुक्याउने र उनीहरुलाई रेसिडेन्सी प्राप्त गर्न नक्कली कागजपत्रहरु तयार गर्ने गरेका थिए।

अभियुक्तले सयौ आप्रवासीहरुलाई झुक्याएर प्रतिव्यक्ति ४०० युरोका दरले सेवा शुल्क लिएको र सेफमा अपोइण्टमेन्ट मिति लिएको नक्कली कागज बनाएका थिए। फटाफट सेफमा अपोइण्टमेन्ट पाएको सूचना सेवाग्राहीहरुले आफ्ना नजिकका साथीहरुलाई भनेपछि उनको सेवा लिनेहरु एक्कासी बढेका सेफले जनाएको छ।

सेफको अपोइण्टमेन्टका दिन सेफमा जादा नक्कली अपोइण्टमेन्ट भएको सेवाग्राहीले थाहा पाएका थिए। त्यसपछि सेफले ति ठगलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको थियो।

हिरासतमा रहेका अभियुक्तलाई पोर्चुगलको अदालतले ४ बर्ष ६ महिनाको जेल सजाय तोकेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार