लिस्बन।
लिस्बनमा एक आमाले आफ्नो बच्चालाई पार्किङ कारभित्रै छोड्दा तापक्रमले ति बालिकाको मृत्यु भएको छ।
मारिया पिलर नाम गरेकी एक आमाले आफ्नो बच्चालाई ७ घण्टासम्म कारभित्र बिर्सिएकी थिईन्। मारिया लिस्बनको एक कम्पनीमा म्यानेजरको रुपमा कार्यरत छिन्।
लिस्बनमा गर्मी बढेसंगै बन्द भएको कारभित्रको तापक्रम बढेर ५० डिग्री पुगेको प्रहरीले जनाएको छ।
सन्तानको मृत्युले भावविव्हल भएकी आम घरिघरि मुर्छा पर्ने भएकोले आमासंग प्रहरीले अहिले नै आमाको बयान लिने समय नभईसकेको जनाएको छ।
सन्तान गुमाउदको पीडाबाट अलिकति सहज भएपछि प्रहरीले ति दुई बर्षीय बालिकाको आमासंग बयान लिनेछ।
आमाले आफ्नो दुई बर्षिया छोरीलाई के कति कारणले कसरि ७-७ घण्टासम्म कारभित्र छोडिन वा बिर्सिइन् भनेर प्रहरीले छिट्टै बयान लिनेछ।
मारियाका आफन्तहरुले छोरी मृत भेटिएकी कारमा श्रद्दान्जली स्वरुप पुष्पगुच्छा अर्पण गरेका छन्।