लिस्बन।
गैर आवासिय नेपाली संघ पोर्चुगलभित्र ठगी, गुण्डागर्दी र आर्थिक अनियमितता हावी भएपछि संघका उपाध्यक्ष अशोक गुरुङले राजिनामा दिएका छन्।
संघका उपाध्यक्ष गुरुङले नेतृत्वमाथि आरोप नै आरोप लगाउदै सार्वजनिक रुपमा राजिनामा दिएका हुन्। उपाध्यक्ष गुरुङले लामो समयदेखि पोर्चुगलको नेपाली समाजमा देखिएका अमानवीय घटनाहरुप्रति आफु दुःखी भएको बताएका छन्। आफ्नो समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाज पोर्तुगललाई आतंकीत तुल्याउने गरी भैरहेका ठगी, गुण्डागर्दी लगाएतका समाजमा त्रासको वातावरण सिर्जना गर्ने तत्व र प्रवृद्धीका विरुद्ध गुरुङले घोर भत्सर्ना समेत गरेका छन्।
१ बर्षमा गर्नुपर्ने वार्षिक साधारणसभा २० महिना पुग्दा पनि गर्न अध्यक्षले गर्ने चासो नदिएको , संस्था पारदर्शी नभएको , बिना जानकारी अनि छलफल नगरी संघमा अध्यक्षले मनोमानि ढंगले एकल निर्णय गरेको, पदिय मर्यादा बिर्सेर संघमा वारम्वार गल्ती गर्नेलाई अध्यक्षले नै बचाउन हदै सम्मको प्रयास गरेको आरोप उपाध्यक्ष गुरुङको छ।
नेपालीहरुबिच एकता र सद्भाव बनाएर सबै बर्ग र समुदायलाई एकिकृत गर्दै परदेशी नेपालीहरु बीचको साझा संस्थाको रुपमा गैरआवासीय नेपाली संघलाई स्थापित गर्नुको सट्टा संघका अध्यक्ष तिलक गैरेले पिडितहरु प्रतिको जिम्मेवारी बिर्सेर संस्थाकै नाममा लुटपाट, गुण्डागर्दी मच्चाउने तत्वहरुको हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गरेको गुरुङले आरोप लगाएका छन्।
बारम्वार अनुरोध गर्दापनि हालसम्म संस्थाको कोषको हिसाबकिताब नदेखाउनले कोषको पैसाको चरम दुरुपयोग भएको आशंका उपाध्यक्ष गुरुङको छ। कार्यसमितिका सदस्यहरुले बारम्बार नेतृत्वलाई संघको हिसाबकिताब देखाउन हरेक बैठकमा अनुरोध गरेतापनि नेतृत्वले संघको हिसाब नै देखाउन नमानेको अधिकांस पदाधिकारीहरुको गुनासो छ।
१ बर्षमा गर्नुपर्ने वार्षिक साधारणसभा २० महिना पुग्दा पनि गर्न अध्यक्षले गर्ने चासो नदिएको , संस्था पारदर्शी नभएको , बिना जानकारी अनि छलफल नगरी संघमा अध्यक्षले मनोमानि ढंगले एकल निर्णय गरेको, पदिय मर्यादा बिर्सेर संघमा वारम्वार गल्ती गर्नेलाई अध्यक्षले नै बचाउन हदै सम्मको प्रयास गरेको आरोप उपाध्यक्ष गुरुङको छ।
ठाडो निर्देशनमा कार्यसमितिका पदाधिकारीहरुलाई मनलाग्दो तवरले कार्यसमितीबाटअध्यक्षले निलम्बन गर्ने गरेको, संस्थाका केहि गुण्डागर्दी मच्चाउने तत्वहरुले गर्ने हरेक गलत कामको अध्यक्षले साथ दिदै हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गर्नमा संघभित्र अध्यक्षले हदैसम्मको बल प्रयोग गरेको गुरुङले आफ्नो राजिनामामा उल्लेख गरेका छन्।
संघका अध्यक्ष गैरेले कार्यसमिति सदस्य सबिन धिताललाई डेढ बर्षदेखि एकलौटी र मनोमानी ढंगले संघको कार्यसमिति समूहबाट बाहिर राखेका छन्। धिताल आफ्नै संघका कावा अध्यक्ष भिमसेन थापाबाट सार्वजनिक कार्यक्रममा कुटिएपछि संघको नेतृत्वसंग न्याय मागेका थिए। अध्यक्ष गैरेले उल्टै पदिय मर्यादा बिर्सिएर गुण्डागर्दी गर्ने पदाधिकारीको बचाउ गर्दै पिडित धिताललाई डेढ बर्षदेखी संघको समुहबाट बाहिर राखेका छन्, जबकि संघभित्र यससम्बन्धी कहिँ कतै कुनै पनि निर्णय नै भएको छैन।
संघका अध्यक्षको ब्यक्तिवादी, असामाजिक , अनैतिक चरित्रको विरुद्ध असहमति जनाउँदै समाजका शोषित अनि पिडित जन समुदायको पक्षमा सधै वकालत गरिरहने भन्दै संघका उपाध्यक्ष गुरुङले राजिनामा दिएका छन्।
संघका उपाध्यक्ष अशोक गुरुङले सार्वजनिक रुपमा दिनुभएको राजिनामा जस्ताको तस्तै :
श्रीमान अध्यक्ष ज्यु,
गैरआवासीय नेपाली संघ
पोर्तुगल ।
विषय : राजीनामा सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा बिगत केहि समयदेखि नेपाली समाज पोर्तुगलमा देखिएको अमानवीय घटनाहरु प्रति सबै नेपालीहरुको ध्यान आकृष्ट भएको ब्यहोरा अवगत नै छ ।
परदेशी जीवनमा आइपर्ने जटिलता र अप्ठेराहरुका विच पनि नेपाली समुदायको हितमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने अभिप्रायले प्रेरित हुनु पर्ने संघ संस्थाहरु नै गैर जिम्मेवारी हुदाँ यसले समाजमा फैलाएको विकृती र विसङ्गति आज नेपाली समाज पोर्तुगल सामु प्रष्ट भैसकेको छ ।
आफ्नो समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाज पोर्तुगललाई आतंकीत तुल्याउने गरी भैरहेका ठगी, गुण्डागर्दी लगाएतका समाजमा त्रासको वातावरण सिर्जना गर्ने तत्व र प्रवृद्धीका विरुद्ध घोर भत्सर्ना गर्न चाहान्छु ।
नेपालीहरु बीच एकता र सद्भाव बनाएर सबै बर्ग र समुदायलाई एकिकृत गर्दै परदेशी नेपालीहरु बीचको साझा संस्थाको रुपमा यस गैरआवासीय नेपाली संघलाई स्थापित गर्नुको सट्टा तपाई स्वयं संस्थाका अध्यक्ष तिलक गैर्हे ज्युले पिडितहरु प्रतिको जिम्मेवारी बिर्सेर संस्थाकै नाममा लुटपाट, गुण्डागर्दी मच्चाउने तत्वहरुको हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गर्न लागिरहनु भयो ।बारम्वार अनुरोध गर्दापनि , आज सम्म संस्थाको कोषको हिसाबकिताब नदेखाउनले कोषको पैसाको चरम दुरुपयोग भएको शंका गर्न सकिन्छ, १ बर्षमा गर्नुपर्ने वार्षिक साधारणसभा २० महिना पुग्दा पनि अध्यक्षले गर्ने चासो नदिनु, संस्था पारदर्शी नहुनु, बिना जानकारी अनि छलफल नगरी संस्थामा तपाईको मनोमानि ढंगले एकल निर्णय गर्नु अनि संस्थामा वारम्वार गल्ती गर्नेलाई अध्यक्षले नै बचाउन हदै सम्मको प्रयास गर्दै स्वयं अध्यक्षको ठाडो निर्देशनमा कार्यसमितिका पदाधिकारीहरुलाई मन लाग्दो तवरले कार्यसमितीबाट निलम्बन गर्नु अनि संस्थाका केहि गुण्डागर्दी मच्चाउने तत्वहरुले गर्ने हरेक गलत कामको साथ दिदै हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गर्नमा हदैसम्मको बल प्रयोग गरी बचाउने खेलमा लागि परेकोले तपाईंको ब्यक्तिवादी असामाजिक , अनैतिक चरित्रको विरुद्ध असहमति जनाउँदै यो समाजका शोषित अनि पिडित जन समुदायको पक्षमा रही मैले यस संस्थाको उपाध्यक्ष पदवाट आजैको मितिवाट राजीनामा दिएको जानकारी गर्दछु ।
धन्यवाद ।
अशोक गुरुङ
उपाध्यक्ष
गैरआवासीय नेपाली संघ
पोर्तुगल