एनआरएनए पोर्चुगलमा एकैदिन तेश्रो राजिनामा : संघको नेतृत्वको ज्यादतीबिरुद्ध उपाध्यक्ष अर्यालले दिए सार्वजनिक राजिनामा !

लिस्बन।

गैर आवासीय नेपाली संघ पोर्चुगलमा नेतृत्वको ज्यादतीपछि एकैदिन एकपछि अर्का पदाधिकारीले राजिनामा दिनेको लर्को लागेको छ। आज मात्रै संघका नेतृत्वको ज्यादती बिरुद्ध उपाध्यक्ष अशोक गुरुङ र सचिवको सार्वजनिक राजिनामापछि अर्का उपाध्यक्ष मछिन्द्र अर्यालले राजिनामा गर्नुभएको छ।

राजिनामा गर्ने संघका तिनै पदाधिकारीहरुले संघको नेतृत्वमाथि उस्तै आरोप लगाएका छन्। संघका पदाधिकारीहरु नै कुटपिट, ठगी, मिटर ब्याज लगायतका अपराधमा संलग्न भएको र संघको नेतृत्वले उनीहरुलाई संरक्षण गरेको उनीहरुको आरोप छ।

संघका उपाध्यक्ष मछिन्द्र अर्यालले सार्वजनिक रुपमा गर्नुभएको राजीनामा जस्ताको तस्तै :

श्रीमान अध्यक्ष ज्यु,
गैरआवासीय नेपाली संघ
पोर्चुगल ।

विषय : बर्तमान कार्यसमितिको उपाध्यक्ष पदबाट राजीनामा दिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा एनआरएन पोर्चुगलको २०१९-२०२१ कार्यकालमा कार्यसमितिको उपाध्यक्षको रुपमा निर्बाचित भै आफ्नो क्षमताले भ्याए सम्म निस्वार्थ रुपमा समाजसेवामा निरन्तर खटी रहेको मलाइ यस कार्यसमितिका केही पदाधिकारीहरुको अनैतिक एबम आपराधिक हर्कतको कारणले लज्जा एबम पिडाबोध भएको छ।
प्रबासमा आइपर्ने जटिलता र अप्ठेराहरुका विच पनि नेपाली समुदायको हितमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने अभिप्रायले प्रेरित हुनु पर्ने सस्थाका पदाधिकारीहरुनै कुटपिट, गुण्डागर्दी, ठगी, मिटर ब्याज लगायतका अपराध पुर्ण कार्यहरुमा संलग्न भै पुरै पोर्चुगलको नेपाली डायोस्पोरालाई नै संसार भर बदनाम गराएको टुलुटुलु हेर्न मेरो आत्माले स्वीकार गर्न सकेन।

आफ्नो समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाजलाई आतंकीत तुल्याउने कुत्सित आत्माहरु संग एउटै समितिमा रहि रहदा आफुले समेत त्यस्ता मानव रुपी दानबहरुको अपराधको कारणले लज्जाबोध गर्नु पर्ने अबस्थालाइ मध्यनजर गरि मैले उपाध्यक्ष पदबाट राजिनामा गरेको छु ।

नेपालीहरु बीच एकता र सद्भाव बनाएर सबै बर्ग र समुदायलाई एकिकृत गर्दै परदेशी नेपालीहरु बीचको साझा संस्थाको रुपमा यस गैरआवासीय नेपाली संघलाई स्थापित गराउन संस्थामा रहेका सबै इमान्दार साथीहरुलाइ समेत तत्काल राजिनामा दिन आग्रह गर्दै एनआरएन केन्द्रलाइ पोर्चुगलको रास्टृय परिषदमा सुद्धिकरणको निम्ति आवश्यक पाइला चाल्न समेत अनुरोध गर्दछु।

धन्यवाद ।

– मछिन्द्र अर्याल
उपाध्यक्ष
गैरआवासीय नेपाली संघ, पोर्चुगल

बोधार्थ:
१) गैर आवाशिय नेपाली संघ, केन्द्रिय समन्वय परिषद
२) एनआरएन पोर्चुगलका पुर्ब आइसिसी सदश्य तथा पुर्ब अध्यक्षज्युहरु

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार