एआरएनए पोर्चुगलले दुई बर्षदेखि लुकाएर राखेको आर्थिक हिसाबकिताब ! कसरि पुग्यो ४१ हजार युरोबाट १८०० युरोमा संघको खाता ?

लिस्बन।

गैर आवासिय नेपाली संघ पोर्चुगलसंघभित्रको बिबादको केन्द्रमा सधै यसको आर्थिक पाटो रह्यो। कार्यसमितिका पदाधिकारीहरुले नै संघको आर्थिक हिसाबकिताब हेर्न नपाएपछि उनीहरु सधै नेतृत्वसंग असन्तुष्ट रहे। उसो त संघले पछिल्लो दुई बर्षमा गुमाएका नेपालीहरुको शव व्यवस्थापन र बिरामी भएका नेपालीहरुको उपचार र उद्धारमा खेलेको भूमिका प्रशंसायोग्य छ।

२०१७-१९ कार्यकालका अध्यक्ष कुबेर कार्कीले २०१९-२१ का लागि निर्वाचित अध्यक्ष तिलक गैरे सहितको कार्यसमितिलाई ४१ हजार युरो हस्तान्तरण गरेको बताएका थिए। संघका कोषाध्यक्ष बिक्रम जंग कुँवरबाट बिदामा नेपाल फर्किरहेका सयौ आम श्रमिक नेपालीहरु डेढ लाख युरोबढी ठगिएपछि पिडितहरुले संघको कोषको रकमबाट तत्काल राहत दिन र उद्दार गरिदिन हुन अनुरोध गर्दा अध्यक्षले संघको खातामा १८०० युरोमात्रै बाँकी रहेको बताएका थिए। ठगीमा संलग्न कुँवर अहिले संघको साधारण सदस्य समेत नरहने गरि निलम्बनमा छन्।

संघको खातामा १८०० मात्रै रहेको खुलासा भएपछि यसले पोर्चुगलको नेपाली समुदायलाई तरंगित बनाएको थियो। पछिल्लो करिब दुई बर्षदेखि संघले देखाउन नचाहेको र आफ्नै कार्यसमितिलाई समेत देखाउन नमानेको संघको आर्थिक हिसाबकिताब यस्तो छ !

संघको पछिल्लो दुई बर्षको बैंक स्टेटमेन्ट :

संघको पछिल्लो दुई बर्षको आर्थिक प्रतिबेदन :

२०१७-१९ कार्यसमितिले २०१९-२१ कार्यसमितिलाई बुझाएको रिपोर्ट :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार