लिस्बन।
नेपाली जनसम्पर्क समिति पोर्चुगलले नेपालमा कोरोना रोकथाम र संक्रमितहरुको उपचारको लागि आर्थिक सहयोग गरेको छ।
समितिले नेपाली काँग्रेस पार्टीको परिपत्रको अनुरोधमा पोर्चुगलमा रहेका आम नेपालीहरुसँग सहयोग संकलन गरेको हो।
जनसम्पर्क समितिले आम श्रमिक नेपालीहरुबाट संकलित रकम ३ हजार १ सय ६९ युरो नेपाली काँग्रेस पार्टीको कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गरेको छ।
जनसम्पर्क समिति पोर्चुगलका सह-महामन्त्री सुनिल ढुंगानाले भोइस अफ नेपालसंगको कुराकानीमा भने , ” मातृभूमि नेपालमा कोभिडको रोकथाम र संक्रमितहरुको उपचारार्थ नेपाली जनसम्पर्क समिति पोर्चुगलको सहयोग संकलन अभियानमा सहयोग गर्ने सबै मनकारी नेपालीहरुमा समिति कृतज्ञ र आभारी छ। सबै सहयोगीहरुमा समिति धन्यवाद ज्ञापन गर्दछ। ”
समितिले पोर्चुगलमा आर्थिक सहयोग संकलन गर्न ५ सदस्यीय राहत समिति बनाएको थियो।