महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ‘ब्ल्याक फंगस’ (कालो ढुसी)का २ बिरामीको सफल उपचार गरिएको छ ।
अस्पतालमा ३ जना ब्ल्याक फंगसबाट संक्रमित बिरामी रहेको टिचिङ अस्पतालका डाक्टर निरज बमले जानकारी दिएका छन् ।
दुवै संंक्रमितको १० दिनको अवधिमा शल्यक्रिया गरिएको हो । अर्का एक जनाको भने अवस्था चिन्ताजनक रहेकाले शल्यक्रियामा समय लगाइएको शल्यक्रियामा संलग्न डाक्टर उर्मिला गुरुङले बताइन् ।
यस अगि वीर अस्पतालमा पनि ब्ल्याक फंगसको शल्यक्रिया गरिएको थियो ।
हालसम्म नेपालमा १२ जनामा ब्ल्याक फंगसका संक्रमण भेटिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तथ्यांक छ ।