लिस्बन।
पोर्चुगलबाट बिदा मनाउन नेपाल गएकी एक चेलीको कोरोना संक्रमणले मृत्यु भएको छ।
पोर्चुगलबाट बिदामा नेपाल गएको अर्को हप्तामै उनको परिवारलाई कोरोना संक्रमण पुष्टी भएको थियो।
२५-३० बर्ष उमेर समुहकी उनि केही बर्षदेखी पोर्चुगलमा बस्दै आएकी थिईन्। पोर्चुगलको आवास अनुमति रेसिडेन्सी कार्ड प्राप्त गरेपछि उनि बिदा मनाउन र परिवारमा भेटघाट गर्न नेपाल गएकी थिईन्।
कोरोना संक्रमण देखिएको दुई सातामा नै उनको उपचारकै क्रममा मृत्यु भएको हो।
उनको परिवारका अन्य सदस्यहरु उपचारकै क्रममा छन्।
( विद्यमान कानुन र बिश्व स्वास्थ्य संगठनको प्रोटोकल बमोजिम मृतकको व्यक्तिगत बिवरण सुरक्षित गरिएको छ । )