मन्त्रिमण्डल पुनर्गठन : एकैदिन श्रीमान ‘इन’ श्रीमती ‘आउट’

काठमाडौं । रघुवीर महासेठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शुक्रवार (आज) प्रधानमन्त्री ओलीले हेरफेर तथा पुनर्गठन गरेको मन्त्रीमण्डलमा महासेठको पुनः इन्ट्री भएको हो ।
यसअघि पनि ओली नेतृत्वकै सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका थिए महासेठ । तर एकपछि अर्को विवादमा तानिँदै गएपछि ओलीले उनलाई मन्त्रीबाट हटाएका थिए ।

आज अन्य भन्दा महासेठको चर्चा बढी रहेको छ । उनकी पत्नी जुलीकुमारी महतो मन्त्रीबाट हटेकै दिन पुनः महासेठ मन्त्री भएसँगै विभिन्न कोणबाट महासेठ दम्पतीको आलोचना भइरहेको छ । पूर्व महिला तथा बालबालिका मन्त्री जुलीसहित एमालेबाट मन्त्री भएका ९ मन्त्रीसहित ३ राज्यमन्त्री बाहिरिएका छन् ।

तर जुली बाहिरिएसँगै रघुवीर पुनः मन्त्रीको जिम्मेवारीमा आउनुले मात्रै दुवैको चर्चा भएको होइन् । तत्कालिन परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई हटाउँदै महासेठलाई ल्याइएकोप्रति एमालेकै नेता तथा कार्यकर्ताहरुले आलोचना गरिरहेका छन् ।

ओलीले ज्ञवालीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पार्टीको जिम्मेवारी दिनका लागि भन्दै मन्त्रीबाट हटाएका हुन् । ओलीले आज आफू मातहत ७ मन्त्रालय राख्दै १७ जनाको मन्त्रिमण्डल बनाएका छन् । जसमा दुई राज्यमन्त्रीसहित १० जना जसपाबाट रहेका रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार